|

काठमाडौं : ईसेवामार्फत स्कुल तथा कलेजको शुल्क भुक्तानी गर्दा पाँच हजार रुपैयाँसम्म छात्रवृति प्राप्त गर्ने छन्। बैशाख मसान्तसम्म इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्नेमध्ये १०० जना ग्राहकले एक महिनाका लागि छात्रवृति पाउने ईसेवाले जनाएको छ।

यो योजना नियमित शैक्षिक शुल्क भुक्तानी गर्ने मासिक भुक्तानी, सेमेस्टर फी भुक्तानी, इन्स्टलमेन्ट भुक्तानीमा मात्र लागु हुनेछ। एजेन्ट नेटवर्कबाट भुक्तानी गरिए पनि शुल्क भुक्तानी गर्ने विद्यार्थीले छात्रवृति प्राप्त गर्ने जनाइएको छ। हाल मुलुकभरका २ हजारभन्दा धेरै विद्यालयमा ईसेवामार्फत शैक्षिक शुल्क भुक्तानी गर्न सकिनेछ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले लिइरहेका छन्। हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढी एजेन्ट रहेको ईसेवाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.