|

धनगढी : कैलालीमा नेपाल–भारत सीमा क्षेत्रमा तस्कर र नेपाल प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ। 

भजनी नगरपालिका वडा नम्बर ३ मोरियाघाट पिल्लर नम्बर ७०७/३ नजिकमा नेपाल प्रहरी र भारतीय तस्करबीच दोहोरो गोली हानाहान भएको भएको हो। सीमा क्षेत्रमा भारतीय लागू औषध तस्करले नेपाल प्रहरीमाथि गोली चलाएको  कैलाली प्रहरीले जनाएको छ।​

तस्करहरूले एक राउड गोली चलाएपछि नेपाल प्रहरीले ३ राउन्ड गोली चलाएको बताएको छ। दोहोरो भिडन्तमा परी भारतको लखिमपुर खिरी जिल्ला तिकुनिया ग्रामपञ्चायत रणनगरका ४० वर्षीय दिल्लु सिंह घाइते भएका छन्।

उनीसँगै अन्य ४ जना भारतीय तस्करहरू भारततिर भागेका प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.