|

काठमाडौं : पाकिस्तानी राजदूतावासले ५ सय ५० नेपाली विद्यार्थीलाई सम्मान गरेको छ। सोमबार ह्ययात रिजेन्सी होटलमा आयोजित कार्यक्रममा 'पाकिस्तानी राजदूतावास  छात्रवृत्ति' कार्यक्रमअन्तर्गत सरकारी विद्यालयका विद्यार्थीलाई सम्मान गरेको हो।

१० हजार रुपैयाँ नगदसहित दूतावासले सम्मान गरेको हो। विद्यार्थीको उज्यालो भविष्यको कामना गर्दै दूतावासले सम्मान गरको जनाएको छ। राष्ट्र बैंकका पूर्वगर्भनर हिमालय शमशेर राणाले छात्रवृत्ति प्रदान गरेका थिए।

दूतावासले शिक्षाको क्षेत्रमा गरेको योगदानले दुवै देशको जनताको भावनालाई जोडन थप मदत पुगेको राणाले बताए। उनले भने, ’पाकिस्तानी र नेपाली जनताको सम्बन्धलाई अझ थप मजबुत बनाउँछ।‘ राणाले पाकिस्तानी र नेपाली युवाबीच राम्रो सम्बन्धको विकास हुने विश्वास व्यक्त गरे।

पाकिस्तानी राजदूत सैयद हैदरले यस्ता कार्यक्रमले दुई देश बिचको समस्या समाधान हुने बताए। पाकिस्तानी छात्रवृत्ति कार्यक्रम सन २०१३ देखि सुरु भएको हो। दुवै देशका युवाहरुको समृद्धिको सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास लिएको दूतावासले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.