|

मुगु : नेपाल पत्रकार महासंघ मुगु शाखाको जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएका छन्।

समितिको अध्यक्ष नृपेन्द्रबहादुर मल्ल, उपाध्यक्ष दानबहादुर बुढा, महिला उपाध्यक्ष ‍सुमित्रा रावल, सचिव जीवन सेजुवाल, सहसचिव मोहनकुमार मल्ल र भिम तिरुवा र कोषाध्यक्षमा सुकमाया शाही निर्विरोध निर्वाचित भएका हुन्।

यस्तै‚ शाखा खुला सदस्यमा नन्दबहादुर रोकाया, वीरबहादुर बम, शिवचन्द्र कार्की, अंक बुढा निर्वाचित भएका छन्। केन्द्र परिषद प्रतिनिधिमा विमल हमाल,  राजबहादुर शाही, प्रदेश परिषद प्रतिनिधिमा अच्युतराज भण्डारी र मोहनकुमार मल्ल पनि र्निविरोध निर्वाचित भएको निर्वाचन समिति निर्वाचन अधिकृत एवं अधिवक्ता कुवेरजंग शाहीले जानकारी दिए।

खुला सदस्यमा निर्वाचित रोकाया थाहाखबर र थाहा सञ्चारका मुगु संवाददता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.