|

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आगामी दुई कार्यकाल पनि नेतृत्व गर्न पाउने अधिकार प्राप्त भएको छ। एक विधेयकमा हस्ताक्षर गरेसँगै पुटिनले सन् २०३६ सम्म अर्थात् अझै दुई कार्यकालसम्म नेतृत्व गर्न पाउने संवैधानिक अधिकार प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

करिब दुई दशकदेखि सत्तामा रहेका पुटिनले यो कार्यकाल ६ वर्ष चलाइसकेका छन्। गत वर्ष पुटिनको कार्यकाल बढाउने गरेर संविधान संशोधनका लागि जनमत संग्रह भएको थियो। उक्त जनमत संग्रहमा त्यहाँका नागरिकहरुले पुटिनको समर्थनमा मत दिएका थिए।

सो विधेयक यसै महिना संसदबाट अनुमोदन भएको हो। सोही विधेयकमा राष्ट्रपति पुटिनले हस्ताक्षर गरेसँगै उनलाई आफ्नो कार्यकाल बढाउने संवैधानिक अधिकार प्राप्त भएको समाचारमा जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.