|

झापा : झापाको गौरादहमा जुवा खेलिरहेका ९ जना पक्राउ परेका छन्। 

गौरादह नगरपालिका ३ बस्ने भक्तबहादुर बर्देवाको घरमा जुवा ९कौडा० खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नगद ६९ हजार ४ सय २० रुपैयाँ, १६ थान कौडासहित उनीहरूलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। 

पक्राउ पर्नेमा घरधनी ४६ वर्षीय भक्तबहादुर बर्देवा, गौरादह-२ बस्ने ३२ वर्षीय निर्मल थापा, गौरादह-३ बस्ने ३५ वर्षीय अङ्कित कार्की, सोही ठाउँका ३८ वर्षीय सुरेश भण्डारी, ४६ वर्षीय  गौरादह ४ बस्ने ३६ वर्षीय मोहन खरेल, कनकाई नगरपालिका-३ बस्ने ४० वर्षीय रामप्रसाद खतिवडा, सोही ठाउँका ४२ वर्षीय ईश्वर खतिवडा, कनकाई ७ बस्ने ४६ वर्षीय विष्णुप्रसाद उप्रेती र दमक नगरपालिका ७ बस्ने ३८ वर्षीय निरबहादुर सुनुवार रहेको डिएसपी थापाले बताए।

पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाही लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.