|

काठमाडौ : तीन सय वर्ष पुरानो लिच्छविकालीन बिस्काः (बिस्केट) जात्राका लागि भक्तपुरको न्यातपोल मन्दिर परिसरमा भैरबको रथ निर्माण भइरहेको छ। स्थानीय कालीगढ र शिल्पकारहरु रथ बनाउन व्यस्त छन्।

जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले भक्तपुर प्रसिद्ध बिस्काः जात्रा रोक्ने निर्णय गरेको छ। उक्त निर्णयपछि भक्तपुरका बासिन्दा आक्रोशित भएका छन्। उनीहरुले सोमबार टौमढीस्थित ङातापोल (पाँच तल्ले मन्दिर) परिसरमा विरोधमा प्रदर्शनसमेत गरेका छन्।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले थिमिमा बिस्काः (बिस्केट) जात्रा नरोकिने बताएका छन्। उनले एक भिडियो सन्देश जारी गर्दै भक्तपुरको प्रसिद्ध जात्रा नरोकिने बताएका हुन्। बिस्काः जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने प्रचलन छ। यसवर्ष चैत २८ देखि बिस्काः जात्रा सुरु हुँदैछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.