|
फाइल फोटो ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इङ्ग्ल्याण्डमा लकडाउन थप खुकुलो बनाउने घोषणा गरेका छन्‌।

​प्रधानमन्त्री जोनसनले आगामी हप्तादेखि पूर्व घोषित रोडम्यापअनुसार नै अत्यावश्यक बाहेकका पसल, जिम, हेयर ड्रेसर एवम्‌ पब तथा रेष्टुरेन्टहरू बाहिर सर्भ गर्ने गरी पुनः खुल्ला हुने संकेत गरेका हुन्। बीबीसीका अनुसार आगामी हप्तादेखि स्पा, थिम पार्क, चिडियाखाना, पुस्तकालय, कम्युनिटी सेन्टर पनि खुल्नेछन्।

यस्तै, अप्रिल १२ पछि केयर होममा बस्नेहरूले अतिरिक्त मानिस भेट्नका लागि बोलाउन सक्नेछन्। प्रधानमन्त्री जोन्सनले आगामी १७ मे मा लकडाउन थप खुकुलो बनाउने क्रममा विदेश यात्रा शुरू हुनसक्ने आशा सरकारको रहेको पनि बताएका छन्‌। 

कोरोना भाइरसको कारण लागु गरिएको लकडाउन तथा क्वारेन्टिन नियमको अवज्ञा गर्दा प्रहरीको सजाय पाएका एक व्यक्तिको मृत्यु भएको छ। फिलिपिन्सको कभाइ प्रान्तमा क्वारेन्टिन नियम उल्लंघन गरी पानी किन्दै गरेका एक व्यक्तिलाई प्रहरीले दण्ड स्वरुप ३ सय पटक उठबस गराएको थियो।

मृत्यु हुने व्यक्ति ड्यारेन मानाओग पेनारेडोन्डो रहेका छन्। स्थानीय समयअनुसार बिहीबार साँझ ६ बजे उनले उक्त सजाय पाएका थिए। सजाय पाएको भोलिपल्ट नै उनको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

कोभिडको महामारीलाई मध्यनजर गर्दै कभाइ प्रान्तमा कडा लकडाउन जारी गरिएको छ। जनरल ट्राएस सिटीका प्रहरी प्रमुख मार्लो सोलेरोले कर्फ्यूसम्बन्धी नियम उल्लङ्घन गर्ने व्यक्तिलाई भौतिक दण्ड दिने नियम नभएको र उनीहरूलाई प्रहरीले सम्झाइबुझाइ मात्रै गर्ने गरेको बताएका छन्‌।

यद्यपी; सजाय दिएको पाइए त्यो अस्वीकार्य हुने उनले बताएका छन्‌। पीडितका एक आफन्तले सजाय पाएका ती व्यक्तिको मृत्यु भएको फेसबुकमार्फत जानकारी दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.