|

विधानसभा चुनावअन्तर्गत भारतको असमस्थित एक बुथमा मतदाताभन्दा पनि धेरै मत खसेको छ।

असमको दीमा हसाओ जिल्लाको हाफलङ विधानसभा क्षेत्र, खोटलिर एलपी स्कुलको एक मतदान केन्द्रमा कुल मतदाता ९० रहेकोमा १७१ मत खसेको हो। 

हिन्दुस्तान टाइम्सलाई हवाला दिँदै बीबीसीले भारतमा मतदान क्रममा भएको यो अचम्मलाग्दो घटनाबारे खबर प्रविष्ट गरेको छ। 

यो घटना थाहा होउन्जुलेसम्म पनि जम्मा ७४ प्रतिशत मात्रै मतदान भएको भनिएको थियो। तर, मतदानमा गडबडी भएको थाहा लागेपछि केन्द्रका पाँचजना चुनाव अधिकारीलाई निलम्बित गरिएको छ। घोटाला भएपछि त्यहाँ पुनः मतदान गर्ने प्रस्ताव राखिएको छ। 

सो गाउँका प्रधानले नै मतदाता सूची स्वीकार गर्न मानेका थिएनन्। उनी आफैंले मतदाता सूची तयार गरी सबै गाउँलेलाई उठाएर भोट हाल्न मतदान केन्द्रमा पुर्‍याएका थिए। 

मतदान अधिकृतहरूले प्रधानले ल्याएको सूचीलाई कसरी स्वीकार गरे, त्यहाँ तैनाथ सुरक्षाकर्मीले के गरिरहेका थिए र मतदान घोटाला प्रकृयामा उनीहरूको भूमिका के थियो भन्नबारे छानबिन भइरहेको बताइएको छ। 

असम विधानसभा चुनावमा दोस्रोपटक अनियमितता भएको घटना बाहिरिएको हो। यसअघि करीमगञ्जमा भाजपा विधायककी पत्नीको गाडीबाट चुनावसँग सम्बन्धित सामग्री बरामद भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.