|

दक्षिणी सुडानको राजधानी डारफरनजिकै रहेको एल जेनेइना भन्ने स्थानमा स्थानीय र विद्रोही हतियारधारीहरूबीच भएका भिडन्तमा कम्तीमा पनि ४० जनाको ज्यान गएको छ। संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी समन्वय कार्यालयले यो जानकारी दिएको हो।

प्राप्त समाचारअनुसार सो क्षेत्रमा यही अप्रिल ३ तारिखदेखि भिडन्त भएको थियो। स्थानीय विद्रोही समूहहरू अल मासालित र अरब ट्राइबका बीच पछिल्लो भिडन्त भएको हो।

यस भिडन्तका कारण कम्तीमा पनि ५८ जना घाइते भएका छन्‌। संयुक्त राष्ट्रसंघीय मानवीयता सहायतासम्बन्धी समन्वय कार्यालय (ओचा) ले त्यस क्षेत्रमा सोमबार पनि गोली हानाहान भएको सुनिएको जानकारी दिएको छ।

त्यस क्षेत्रमा अहिले पनि ठूलो संख्यामा हतियारधारीहरू जम्मा भएर आपसमा भिडन्त गरिरहेको बताइएको छ। राष्ट्रसंघीय कार्यालयले दक्षिणी सुडानको एल जेनियामा रहेको मानवीय सहायता वितरणको काम नै रोकेको छ।

सो कार्यालयले सुरक्षा अवस्था गम्भीर रहेकोले अहिलेका लागि सो क्षेत्रमा सहायता वितरणको काम रोकिएको जनाएको हो। सो क्षेत्रमा विगतका केही महिनादेखि हिंसा मच्चिएको छ।

विशेषगरी यी दुई जातीय समूहले आफ्ना माग पूरा हुनुपर्ने भन्दै आपसमा एक-अर्काविरुद्ध हमला गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.