|

दुबईमा न्यूड फोटोसुट गरेका (नाङ्गो फोटो खिचेका) ११ महिला गिरफ्तारीमा परेका छन्। 

एक महलको बार्दलीमा बसेर ती महिलाहरूले नाङ्गो फोटो खिचेका थिए। त्यसरी खिचिएको फोटो र भिडियो सामाजिक सञ्जालमा प्रविष्ट गरिएको थियो। 

गिरफ्तारीमा परेका महिलाहरू युक्रेनी रहेको खुलेको छ। रुसी दूतावासले आफ्ना एक नागरिक पनि समातिएको जनाएको छ। 

दुबईमा सार्वजनिक नग्नताको मुद्दामा ६ महिनासम्म जेल र पाँच हजार दिरहाम जरिवाना सजाय लाग्छ।

संयुक्त अरब इमिरेट्सअन्तर्गत दुबईका अधिकांश शहरमा कट्टर शरीया कानून लागु गरिएको छ। यसअघि सार्वजनिक स्थानमा प्रेम प्रस्ताव राख्ने र समलैंगिक सम्बन्ध राख्नेहरूलाई यही कानूनअन्तर्गत जेल सजाय समेत दिने गरिएको थियो। 

दुबईस्थित युक्रेनी वाणिज्य दूतावासले पक्राउ परेका महिलाहरूसँग मंगलबार नै भेटघाट गर्ने जनाएको छ। 

सन् २०१७ मा एक बेलायती महिलाले एक व्यक्तिसँग सहमतिमै यौन सम्पर्क राखेपनि एक वर्ष जेल सजाय सुनाइएको थियो। विवाहपूर्व नै यौनसम्बन्ध राखेको आरोप ती महिलामाथि लगाइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.