|

डडेल्धुरा : पहिलो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमले प्रदेश-१ लाई एक ३० रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय २९ रन बनायो। उसका लागि विन्दु रावलले अर्धशतकीय पारी खेलिन्। ५८ बलमा चार चौकासहित उनले ५२ रनको योगदान दिइन्।

यस्तै, रेवती धामीले ३० र कविता जोशीले २१ रन बनाउँदा डली भट्ट ८ रनमा नटआउट रहिन्। बलिङमा सबनम राईले २ र ज्योति दनुवारले १ विकेट लिइन्। यी दुवै टोली आज दोस्रो जितको खोजीमा छन्।

प्रदेश-१ पहिलो खेलमा एपिएफसँग पराजित हुँदा दोस्रो खेलमा लुम्बिनीलाई हराएको थियो। पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई हराएको सुदूरपश्चिम दोस्रो खेलमा एपिएफसँग पराजित भएको थियो।

चैत २८ गतेसम्म चल्ने प्रतियोगितामा पाँच टिम सहभागी छन्। प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार‚ उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार रुपैयाँ पाउने छन्।

हरेक खेलको प्लेयर अफ द म्याचले तीन हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा प्रदेश १, एपिएफ क्लब, लुम्बिनी प्रदेश‚ सुदूरपश्चिम प्रदेश र ललितपुर महानगरपालिकाको टोली सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.