|

विराटनगर : नेकपा एमालेका माधव नेपालनिकट अनेरास्ववियु सहअध्यक्ष ओसिम आलमले  सामाजिक संजालमा प्रतिक्रिया दिँदै कारबाही गर्ने बहानामा अनेरास्ववियुको लेटरप्याड दुरुपयोग गरी आफूहरुको नाम प्रचार गरिदिएको बताएका छन्। 

अनेरास्ववियुले मंगलबार निवर्तमान सचिवहरु सुदेश पराजुली, ओसिम आलम र आरती लामालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।

फेसबुकमार्फत आलमले स्टाटस लेख्दै भनेका छन् – ‘एन महरजीको काम केही थिएन, अहिले काम पाउनुभएको छ, अनेरास्ववियुको लेटरप्याड दुरुपयोग गरी केही दिन भए पनि हाम्रो नामको खुब प्रचार गरिदिनुभयो। कहिले हप्ता दिन, कहिले घण्टा भन्दै आफूहरुको नामको प्रचार गर्दै खुब क्रान्तिकारी भएर काम गरेजस्तो गर्नुभयो, त्यसका लागि धन्यवाद ! तर हामीलाई कारबाहीको कुरा चै सम्झिने पानी छम्किने है कमरेड !

'फेसबुकमा काम गरेको जस्तो होइन है ऐनजी ! विद्यार्थीको ऐजेन्डामा नबोल्ने, पेट्रोलियम पदार्थको मुल्य बढेको विषय पनि थाहा हुन्न, विद्यार्थीको समस्या थाहा हुन्न, उहाँको काम फेसबुकमा लेख्ने केही गोजिका अनलाइनमा समाचार लेख्ने आफैं शेयर गर्ने मात्र  हो। अब हामिलाई कारबाही गरेको भन्नु चै फेरि पनी भन्छु, सम्झिने पानी छम्किने,’ उनले लेखेका छन्। 

एन महरले मंगलबार विज्ञप्ति जारी गरी ओसिम आलम, तीन जनालाई निष्कासन गरिएको जानकारी दिएका हुन्। केही दिनअघि माधव नेपालपक्षीय अनेरास्ववियूको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह–अध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो। उनीहरुलाई समानान्तर गतिविधि गरेको भन्दै महरले चैत १५ गते र चैत २२ गते दुई पटक स्पष्टीकरण सोधेका थिए।

ऐन महर जि को काम केहि थिएन्, अहिले काम पाउनुभएको छ। अनेरास्ववियुको लेटरप्याड दुरुपयोग गरि केही दिन भएपनि हाम्रो नामको...

Posted by Wasim Alam on Monday, April 5, 2021

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.