|

काठमाडौं : केही दिनअघि दीपाश्री निरौला र सरोज खनाललगायत अन्य कलाकारको फेसबुक एकाउन्ट ह्याक भएको थियो।

साइबर अपराध गरेको आरोपमा पर्सा बहुदरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय किशोरलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए। उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरिएको थियो।

फेसबुक एकाउन्टमा जोडिएका साथीहरुसँग पैसा मागेको सूचना परेको निवेदनको आधारमा पक्राउ गरिएको अर्यालले जानकारी दिए। उनका अनुसार विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुर गरेको पाइएको हुँदा काठमाडौं जिल्ला अदालतको आदेशमा नियन्त्रण लिएर अनुसन्धान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.