|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन तयारी थालिएको छ। भीम रावल धनगढी आएसँगै सुदुरपश्चिम सरकारको मन्त्रिपरिषद् पुनर्गठन तयारी थालिएको हो। 

नेकपा माओवादी केन्द्रको नेतृत्वमा एमाले सम्मिलित सरकार गठन भएको तीन वर्षपछि देशको राजनीतिक अवस्थामा देखिएको खटपटसँगै सुदूरश्चिम सरकार पुनर्गठन हुने अवस्थामा छ। 

स्रोतका अनुसार नेकपा एमालेद्वारा निलम्बित माधव समूहका नेता भीम रावलले प्रदेश सरकारमा सम्मिलित आफूनिकट मन्त्रीलाई फिर्ता बोलाएर नवनेतृत्वलाई जिम्मेवारी दिने तयारी गरेका छन्। 

एमाले संसदीय दलका नेता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह, वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई फिर्ता बोलाएर ४ जना एमाले र १ जना माओवादीका प्रदेशसभा सदस्यलाई मन्त्री बनाउनेगरी छलफल जारी रहेको स्रोतको दाबी छ। 

'रावलले एमालेका पूर्वसामाजिक विकास मन्त्रीसमेत रहेका प्रदेशसभा दीर्घ सोडारी, प्रदेशसभा सदस्य कुलवीर चौधरी, पूर्णा जोशी, मनाकुमारी साउद र माओवादीका मानबहादुर धामीलाई मन्त्री बनाउँदैछन्,' स्रोतले भन्यो, 'एमालेकै प्रदेशसभा सदस्य चुनकुमारी चौधरीलाई राज्यमन्त्री बनाउने तयारी छ।'

तर कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयको भने टुंगो नलागेको बताइएको छ। यता प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले भने मन्त्रिमण्डल विस्तारको विषयमा कुनै खालको छलफल नै नभएको दाबी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.