|

काठमाडौं : च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन्। गएराति भएको खेलमा म्याड्रिड र सिटी विजयी भएका हुन्।

म्याड्रिडले लिभरपुललाई ३-१ गोलले हराएको छ। रियललाई जिताउन भिन्सियस जुनियरले दुई तथा मार्को असिन्सियोले एक गोल गरे। लिभरपुलका मोहम्मद सलाहले एक गोल गरे पनि हार टार्न सकेनन्। यस्तै सिटीले बोरुसिया डर्टमन्डलाई २-१ गोलले हरायो।

सिटीलाई जिताउन केभिन डी ब्रुएनी र फिल फोडेनले गोल गरे। डर्टमन्डका लागि मार्को रिउसले गोल गरे। दुवै टिमले जितसँगै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.