|

मुगु : हिमाली जिल्ला मुगुमा निःशुल्क आँखा शिविरमा मोतियिवन्दु भएका ६० शल्यक्रिया गरिएको छ। हिमालय आँखा अस्पताल केन्द्र पोखराको प्राविधिक सहयोगमा तथा नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुको आयोजनामा आइतबारदेखि तीन दिन शिविर सञ्चालन गरिएको हो।

हिमालय आँखा अस्पतालका नेत्र सहायक धमेन्द्र घोडासैनीले दिएको जानकारीअनुसार शिविरमा ७३० जनाले आँखा परीक्षण गराएका थिए। जसमध्ये ६० जना मोतिया विन्दु भएका बिरामीको शल्यक्रिया गरिएको हो।

शिविरका संयोजक सुवास नेपालका अनुसार शिविरमा आएका प्रायः बिरामीका आँखामा चोटपटक, हावाले सुक्खा एलर्जी, चिलाउने, पाक्ने‚ मासु पलाउने‚ आँसु बग्ने जस्ता समस्या भएको थियो। कुपोषण, खानपनिमा तलमाथि, आँखाको सरसफाइमा कमी आदि कारणले आँखामा समस्या आएको नेपालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.