|

कञ्चनपुर : महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका १५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ। भारतको गुजरातबाट चैत २२ गते फर्केका उनलाई कोरोना संक्रमण देखा परेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा उहाँको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए। ‘भर्खरै कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको बारे खवर पाएको छु’ उनले भने, ‘अस्पताल जाँदै छु। त्यस पछि विस्तृत विवरण उपलब्ध गराउँछु।’

 मृत्यु भएका कोरोना संक्रमितको आज  शव व्यवस्थापनको कार्य गरिने बताइएको छ। कोरोनाको दोश्रो संक्रमणको लहर शुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ।

 यस अघि कञ्चनपुरमा कोरोनाको संक्रमणका कारण १४ जनाले ज्यान गुमाई सकेका छन्। हालसम्म कोरोनाको दोश्रो लहर फैलिए पछि एन्टिजेन विधिबाट एक हजार नौ सय ८० जनाको परिक्षण गरिएका मध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ। जस मध्ये १२ जना महाकाली अस्पतालको आइसोलेसनमा रहेका छन्। मंगलवार मात्रै भीमदत्त नगरपालिका २ का दुई जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.