|

काठमाडौं : कोरोना भाइरसको उच्च मारमा रहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमितको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा चार हजारभन्दा बढी संक्रमितको मृत्यु भएको हो।

दैनिक हजारौंको संख्यामा संक्रमितहरु थपिइरहेको ब्राजिलका अस्पतालहरुमा बिरामीहरुको भिड रहेको जनाइएको छ। कतिपय सहरहरुमा अस्पताल भरिएकाले संक्रमितहरुले उपचारका लागि लामो समय पर्खिनु पर्ने अवस्था हरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ। बिरामीको अत्यधिक चापका कारण कतिपय अस्पतालको सेवा नै अवरुद्ध भएको छ। ब्राजिलमा कोरोना संक्रमणका कारण हालसम्म ३ लाख ३७ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। कोरोनाका कारण धेरै मृत्यु हुने मुलुकमध्ये अमेरिका पहिलो स्थानमा छ।

ठूलो संख्यामा संक्रमण र मृत्युको सिलसिला जारी रहे पनि कोरोना संक्रमण नियन्त्रणका लागि ब्राजिलका राष्ट्रति जैर बोल्सोनारोले उल्लेख्य कदम चाल्न नसकेको आरोप छ। उनले लकडाउनसमेत गरेका छैनन्।

यसैबीच पछिल्लो २४ घण्टामा भारतमा १ लाख १५ हजार कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा भारतमा झण्डै साढे ६०० को मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर पौने ६ लाख मानिसमा संक्रमण पुष्टि हुँदा झण्डै १२ हजारको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.