|

काठमाडौं : चितवनको भरतपुर अस्पतालले बुधबार ओपिडी सेवा निःशुल्क गरेको छ। अस्पतालको ५८ औं वार्षिकोत्सवको अवसरमा ओपिडी सेवा निःशुल्क गरिएको जनाएको छ।

वार्षिकोत्सवको अवसरमा अस्पतालमा आउने बिरामीलाई निःशुल्क सेवा दिन लागिएको अस्पतालका प्रवक्ता डा. युवानिधि बसौलाले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार सामान्य दिनमा ओपिडी शुल्क ३० रुपैयाँ छ। आज बिहान ११ बजेसम्म निःशुल्क गरिएको हो। ल्याब तथा एक्स-रे मा सेवा शुल्क लाग्ने छ।

उनले भने, ’दैनिक जसो १२ सयको हाराहारीमा बिरामी परीक्षणका लागि आउने गरेका छन्। रुघाखोकी, घाँटी दुख्ने जस्ता समस्या लिएर आउने गरेका छन्।'

वायु प्रदूषण बढेकाले श्वासप्रश्वास जस्ता समस्या पनि बढ्न थालेको बसौलाले जानकारी दिए। 'बालबालिकाहरूमा बढी जसो झाडा बान्ताको समस्या देखिएको ,' उनले सुनाए, 'केहीमा लामो समयदेखि खोकीको समस्या रहेकाहरु पनि छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.