|

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आर्थिक मोर्चामा चीनभन्दा भारत अघि पुग्ने प्रक्षेपण गरेको छ। आर्थिक वृद्धिदरमा भारतले चीनलाई पछि पार्ने कोषले प्रक्षेपण गरेको हो। 

भारतका चर्चित मिडियाहरूले यस खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन्। खबरहरूमा उल्लेख भएअनुसार आइएमएफले सन् २०२१ जनवरीदेखि अर्को वर्षको सोही महिनासम्म भारतको आर्थिक वृद्धिदर ७ दशमलव ५ प्रतिशतका वृद्धि देखिने प्रक्षेपण गरेको थियो।

तर, पछिल्लो प्रक्षेपणमा भने आइएमएफले भारतीय वृद्धिदरको आकार आश्चर्यजनक देखाएको छ। सन् २०२१–२२ मा त्यहाँको आर्थिक वृद्धिदर १२ दशमलव ५ प्रतिशत हुने उल्लेख गरेको छ।

आइएमएफले गत जनवरीमा गरेभन्दा पछिल्लो प्रक्षेपणले भारतको आर्थिक वृद्धिदर निकै धेरै हुनेमात्र देखाएको छैन, चीनलाई समेत माथ गर्ने अंक प्रस्तुत गरेको बीबीसी हिन्दीमा उल्लेख छ। 

सन् २०२१–२२ मा आइएमएफले चीनको अनुमानित आर्थिक वृद्धिदर ८ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ। 

आइएमएफले यस्तो प्रक्षेपण गरेपनि कोरोना महामारीका बेला समेत चीनको आर्थिक वृद्धिदर सकारात्मक रहेको छ। 

सन् २०२१ र २०२२ मा विश्व अर्थतन्त्रमा निकै राम्रो सुधार हुने तथा वृद्धिदर पनि पहिलेभन्दा बढ्ने आइएमएफका मुख्य अर्थशास्त्री गीता गोपीनाथले दाबी गरेकी छिन्‌। यस्तो वृद्धिदर सन् २०२१ मा ६ र सन् २०२२ मा ४ दशमलव ४ प्रतिशत रहने उनले अनुमान गरेका छन्। 

सन् २०२० मा वैश्विक अर्थव्यवस्थामा ३ दशमलव ३ प्रतिशत वृद्धि भएको प्रारम्भिक तथ्यांक छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.