|

धनगढी : कैलालीमा सार्वजनिक स्थलमा हिँड्दा मास्क लगाउन अनिवार्य गरिएको छ। कोरोना महामारी जोखिम बढेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अन्तरगत मास्क प्रयोग अनिवार्य गरिएको हो। 

मंगलबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गर्ने गराउने निर्णय गरेको हो। मापदण्ड पालना नगर्नेलाई कारवाही हुने बताइएको छ। 

बैठकले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अनिवार्य पालना गर्ने, मास्क लगाउने, भारतबाट फर्किनेहरूलाई अनिवार्य रूपमा आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। 

बाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोगमा कडाइ गर्ने बताउँदै जोशीले नियमको उल्लङ्घन गर्नेलाई कारवाही गरिने बताए। 

नाकामा चेकजाँच

नयाँ वर्ष आइरहँदा सीमा नाका भएर आउने नेपाली नागरिकहरू स्वदेश फर्किरहेका छन्। स्वदेश फर्किने नागरिकहरूलाई कसरी चेकजाँच गर्ने पोजेटिभ देखिएकाहरू लाई कसरी व्यवस्थापन गने बारे बैठकले निष्कर्ष निकालेको जोशीले बताए।

उनले भने, ‘जिल्लाका सबै पालिकाहरू लाई विगतका आइसोलेशन र क्वारेनटाइन लाई चालु अवस्थामा राख्न आग्रह गरिएको छ। सार्वजनिक सवारी साधनमा समेत स्यानिटाइजर र मास्कको व्यवस्था निर्देशन जारी गरेका छौ। घरबाहिर निस्कँदा मास्क नलगाउने नागरिकहरूलाई कारबाही गरिनेछ।’

बैठकमा स्थानीय तह, सुरक्षा निकायका प्रमुख र यातायात व्यवस्था कार्यालयका प्रमुखको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.