|

कैलाली /काठमाडौं : जिल्लाको टीकापुरमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर-१ बल्क न १० की ७४ वर्षिया पदमा देवी साउद रहेकी छन्।

बुधबार बिहान टीकापुरको पार्क रोडबाट टीकापुर बजारतर्फ तीव्र गतिमा गुडिरहेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी साउदलाई उपचारका लागि नेपालगन्जतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। चालक मोटरसाइकलसहित फरार रहेको बताइएको छ।

फरार चालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर हिक्मत थापाले जानकारी दिए। लापरबाही गरि सवारी चलाउनेलाई पत्ता लगाइ हदैसम्मको कारबाहीको माग आफन्तजनले माग गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.