|

इलाम : नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट इलाम अध्यक्षमा विप्लव भट्टराई निर्वाचित भएका छन। बुधबार भएको निर्वाचनबाट उनले एक सय ६ मत प्राप्त गरे। 

नेतृत्व चुन्न देशैभर एकसाथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचनमा इलाममा अध्यक्षमा दुई जनाबीच प्रतिस्पर्धा भएको थियो।

नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस मञ्च नेपालको संयुक्त गठबन्धनबाट युनियनका युवराज भट्टराई (विप्लव) र प्रेस संगठन नेपालका सुजन तिम्सिनाबीच प्रतिस्पर्धा भएको हो। दुवैले आफ्नो जित हुने दाबी गर्दै आए पनि कान्तिपुर मिडिया ग्रुपमा आबद्ध भट्टराई विजयी बने। उनले एक सय ६ मत प्राप्त गर्दा तिम्सिनाले ४८ मात्र प्राप्त गरेका थिए। 

त्यस्तै महिला उपाध्यक्षमा संयुक्त प्यानलबाट प्रेस युनियनका सुनिता खालिङ राई र प्रेस संगठनका बुद्धमाया सोङ्मीबीच प्रतिस्पर्धामा पनि संयुक्त प्यानलबाट प्रेस युनियनका सुनिता खालिङ विजयी भएकी छन्।

खालिङले ९६ मत प्राप्त गर्दा सोङ्मीले ५७ मत ल्याइन्। उता सहसचिवमा पनि संयुक्त गठबन्धनबाट प्रेस युनियनका प्रेम अधिकारी विजयी भएका छन्।

सहसचिवमा प्रेस संगठनका राजेश पराजुलीसँग प्रतिष्पर्धा भएकोमा अधिकारीले ८९ मत पाए भने पराजुलीले ६३ मत प्राप्त गरे।

इलाममा १ सय ७५ जना मतदाता रहे पनि एक सय ५५ मात्र मत खसेको थियो। यस्तै उता अन्य ३२ वटा पदमा भने संयुक्त प्यानलका तर्फबाट उम्मेद्वार भएकाहरु निर्विरोध निर्वाचित भइसकेका थिए। कार्यसमितिका १८ मध्ये १५, केन्द्रीय परिषद सदस्य ५ मा सबै र प्रदेश परिषद सदस्य १२ मा सबै निर्विरोध निर्वाचित भएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.