|

काठमाडाैं : मुगुमा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।

चैत २१ गते शनिबार हराएकी मुगु सोरु गाउँपालिकाकी ९ वर्षीया बालिकाको शव तीन दिनपछि सोमबार कर्णाली नदीमा फेला परेको थियो। बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विद्यार्थीहरूले आज माइतीघरमा विरोध जनाएका हुन्। 

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही माग राखी विद्यार्थीहरुले प्रदर्शन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.