|

काठमाडौं :  दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले जितेको छ। गएराति भएको तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई २८ रनले हराउँदै पाकिस्तानले तीन खेलको सिरिज २-१ ले जितेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२० रन बनाएको थियो। उसका लागि फकहर जमानले १०१ र कप्तान बाबर अजामले ९४ रन बनाए।

३२१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभर ३ बलमा अलआउट हुँदै २९२ रन मात्रै बनाउन सक्यो। उसका लागि जेनिम्यान मालनले ७० र केल भेर्रीएनले ६२ रन बनाए । तर पनि टिमलाई जिताउन सकेनन्। 

पाकिस्तानका सहिन शा अफ्रिदी र मोहम्मद नवाजले तीन- तीन विकेट लिए। पहिलो खेल पाकिस्तानले जितेको थियो भने दोस्रो खेल दक्षिण अफ्रिकाले जितेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.