|

काठमाडौं :  बेलायतका लागि म्यानमारका राजदूतलाई लण्डनस्थित दुतावास प्रवेशमा निषेध गरिएको छ। 

राजदूत क्वा ज्वार मिनलाई म्यानमारमा सैनिक कू भएपछि देशको प्रतिनिधि नभएको भन्दै कार्यालय छोड्न भनिएको बताइएको छ। राजदूत मिनले रोयटर्ससँग कुराकानी गर्दै आफूलाई कार्यालय प्रवेश गर्न नदिइएको बताए।

म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक कू भएयता त्यसको विरोधमा व्यापक रुपमा जनप्रदर्शन भइरहेको छ। सैनिक नियन्त्रणमा रहेकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई रिहा गर्नुपर्ने माग राखिएको छ।

म्यानमारमा भएको प्रदर्शनका क्रममा सैनिक दमनमा परी कयौं बालबालिका सहित ५ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.