|

चितवन : नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षमा युनियन–सेन्टर गठबन्धनका नारायण अधिकारी विजयी भएका छन्। 

अध्यक्ष पदका लागि अधिकारीले १४६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी प्रेस चौतारीका तिलकराम रिमालले ११२ मत प्राप्त गरे। बुधबार भएको मतदानमा २६६ मत खसेको थियो। अधिकारी ३४ मतान्तरले विजयी भएका हुन्। अध्यक्ष पदका स्वतन्त्र उमेदवार सूर्य प्रकाश कँडेलले चार मत मात्रै प्राप्त गरे।

उपाध्यक्षमा गठबन्धनका प्रकाशमणि ज्ञवालीले १३० मत ल्याएर विजयी भए। ज्ञवालीले आफ्ना प्रतिद्वन्द्वी चौतारीका रामकान्त पौडेललाई ४ मतले मात्रै जितेका हुन्। उपाध्यक्ष पदका स्वतन्त्र उमेदवार विनोदबाबु रिजालले ९ मत मात्रै प्राप्त गरे।

महिला उपाध्यक्षमा गठबन्धनकी प्रमिता ढकाल विजयी भइन्। उनले १४१ मत प्राप्त गरिन्। उनकी प्रतिद्वन्द्वी चौतारीकी शान्ता अधिकारी ‘बी’ले १२२ मत प्राप्त गरिन्। सचिवमा चौतारीका दिपेन्द्र अधिकारी विजयी भए। अधिकारीले १४२ मत प्राप्त गर्दा गठबन्धनका अनिल ढकालले १२४ मत प्राप्त गरे। ढकाल प्रेस युनियन चितवनका अध्यक्ष समेत हुन्।

सह–सचिवमा पनि चौतारीकै आनन्द पोखरेलले १२३ मत ल्याएर विजयी भए। पोखरेलका प्रतिद्वन्द्वी गठबन्धनका टिकादत्त तिमिल्सिनाले ११८ मत पाए भने युनियनका बागी उमेदवार राजु सापकोटाले २१ मत मात्रै प्राप्त गरे।

सह–सचिव समावेशीतर्फ गठबन्धनका उर्गेन तामाङले १५२ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी अमिर रामदामले १०१ मत प्राप्त गरे। कोषाध्यक्षमा गठबन्धनका राजेन्द्र आचार्यले १०६ मत ल्याएर विजयी भए। 

आचार्यका प्रतिद्वन्द्वी चौतारीका गोविन्द घिमिरेले १०२ मत प्राप्त गरे। झिनो मतान्तरले आचार्य कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन्। कोषाध्यक्षका स्वतन्त्र उमेदवार राजेश घिमिरेले ५६ मत मात्रै प्राप्त गरे।

कार्यसमिति सदस्यहरुमध्ये महिला सदस्यमा शोभा पुडासैनी, दलित सदस्यमा एलिन पोखरेल ‘प्रिती’ र आदिवासी जनजाति सदस्यमा तुलमान गुरुङ विजयी भए। तीनै जना गठबन्धनबाट उमेदवार बनेका थिए।

खुला सदस्यहरुमा गठबन्धनका विप्लव काफ्ले, बसन्त शर्मा ढुंगाना, अनिल भट्टराई, सरिता पौडेल, बबिलाल तामाङ, ज्ञानेन्द्र तामाङ र विवेक पोख्रेल विजयी भए। चौतारीका तर्फबाट समिक्षा पुरी मात्रै सदस्यमा विजयी भइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.