|
फाइल फोटो ।

सल्यान : नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको अध्यक्षमा संयुक्त श्रमजीवी गठबन्धनका नवीन पौडेल निर्वाचित भएका छन्। प्रेस यूनियन नेपाल, प्रेस चौतारी (केपी) र जनपत्रकार संघ मिलेर यो गठबन्धन तयार गरेका थिए।

संयुक्त प्रगतिशील व्यावसायिक प्यानलकी मीना बुढाथोकीलाई एक मतले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन। ९२ मतदाता रहेको जिल्लामा ८७ मत मात्र खसेको थियो। 

यस्तै, खुला उपाध्यक्षमा संयुक्त श्रमजीवी गठबन्धनका शंकर केसी निर्वाचित भएका छन्। उनले ४६ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त प्रगतिशील व्यावसायिक प्यानलका तिलकराज वलीले ३९ मत ल्याएका छन्।

महिला उपाध्यक्षमा संयुक्त प्रगतिशील व्यावसायिक प्यानलकी सरिता चलाउने ४६ मत ल्याइ निर्वाचित भएकी छन् भने सचिवमा संयुक्त प्रगतिशील व्यावसायिक प्यानलकै टीकाराम भण्डारी (दीप सागर) ४८ मत ल्याई निर्वाचित भएका छन्। 

कोषाध्यक्षमा संयुक्त प्रगतिशील व्यावसायिक प्यानल शिवलाल डाँगीले ५१ मत ल्याई विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी संयुक्त श्रमजीवी गठबन्धनका वीरेन्द्र डिसीले ३५ मत ल्याएका छन्।

खुला सहसचिवमा संयुक्त श्रमजीवी गठबन्धनका आशिष केसीले ४६ मत ल्याई विजयी भएका छन्। समावेशी सहसचिवमा संयुक्त प्रगतिशील व्यावसायिक प्यानलका बुद्धिमान पुनले ५७ मत ल्याई विजयी भएका छन्। 

संयुक्त प्रगतिशील व्यावसायिक प्यानलमा प्रेस सेन्टर र प्रेस चौतारी ( माधव नेपाल) को गठबन्धन रहेको थियो भने संयुक्त श्रमजीवी गठबन्धनमा प्रेस यूनियन नेपाल, प्रेस चौतारी (केपी) र जनपत्रकार संघको गठबन्धन रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.