|

मकवानपुर : नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट उम्मेदवार बनेका मणिराज गौतम विजयी भएका छन्।  गौतम रेडियो थाहासञ्चार हेटौंडाका स्टेशन म्यानेजर हुन्‌।

गौतमले प्रेस चौतारीबाट अध्यक्षका उम्मेदवार बालकृष्ण अधिकारीलाई ४४ मतान्तरले पराजित गरेका हुन्। विजयी भएका गौतमले १०० मत प्राप्त गरे भने चौतारीका अधिकारीले ५६ मत मात्र पाए।

यस्तै, चौतारीका राजन दाहाललाई २८ मतान्तरले पराजित गर्दै गठबन्धनका ध्रुव अधिकारी उपाध्यक्षमा विजयी भएका छन्। अधिकारीले ९३ र दाहालले ६५ मत प्राप्त गरे।

यस्तै, उपाध्यक्षमा गठबन्धनकै सरला अधिकारीले चौतारीकी सम्झना रिजाललाई १२ मत अन्तरले अन्तरले हराइन्। अधिकारीले ८५ मत प्राप्त गरिन् भने रिजालले ७३ मत प्राप्त पाइन्।

सचिवमा गठबन्धनकी शुभलक्ष्मी विश्वकर्माले ३ मत अन्तर पार्दै चौतारीका रामशरण दुलाललाई पराजित गरिन्‌। विश्वकर्माले ७८ मत र दुलालले ७५ मत प्राप्त गरे।

सहसचिव समावेशीमा गठबन्धनकी मानवी बानियाँ विजयी भइन्। चौतारीका रुपकराज कालिराजलाई ६० मतले पछि पार्दै बानियाँले चुनाव जितेकी हुन्। बानियाँले १०७ मत प्राप्त गर्दा कालिराजले ४७ मत पाए। 

यस्तै, सहसचिव खुलामा स्वतन्त्रका राज सापकोटालाई २३ मतले र अर्का उम्मेदवार चौतारीका देवराज पन्तलाई २५ मतले हराउँदै गठबन्धनका एमपी शर्मा विजयी भएका छन्। विजयी भएका शर्माले ६८, सापकोटाले ४५ र पन्तले ४३ मत प्राप्त गरेका हुन्।

सदस्यहरूमा सृजना नेपाल १०४, बलराम पुडासैनी ९५, प्रदिप अधिकारी ९१, विजय पौडेल ८६, अर्जुन सञ्‍जेल ६५, उज्ज्वल अधिकारी ६४ र नवीन तिमल्सिना ६१ मत प्राप्त गरी विजयी भएका छन्।

यस्तै, सदस्य महिलामा रूपा गुरुङ ७९, सदस्य आदिवासी जनजातिमा नवराज वाइवा ९१, सदस्य मधेशीमा आदित्य कर्ण ७६ मत प्राप्त गरी विजयी भएका छन्। सदस्य दलितमा शान्ति सुनार निर्विरोध निर्वाचित भएकी छिन्।

महासंघ मकवानपुरका १ सय ६३ सदस्यमध्ये बुधबार (हिजो) भएको निर्वाचनमा १६१ जनाले भाग लिएका थिए। हिजो बेलुकीदेखि नै मतगणना शुरू भएकोमा अन्तिम मत परिणाम आज विहान सार्वजनिक भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.