|

बर्दिया : नेपाल पत्रकार महासंघ बर्दिया शाखाको अध्यक्ष पदमा प्रेस युनियनका यादव आचार्य निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी भीमबहादुर ठकुरीलाई २६ मतान्तरले पराजित गर्दै यादव आचार्य निर्वाचित भएका हुन्। नवनिर्वाचित अध्यक्ष यादवले ५८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ठकुरीले ३२ मत प्राप्त गरे। बर्दियाका ९६ मतदातामध्ये ९१ जनाले मतदान गरेका थिए।

यस्तै, उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी मुकुन्द सुवेदीलाई ९ मत अन्तरले पराजित गर्दै चिरञ्जीवी भावुक योगी निर्वाचित भएका छन्। योगीको पक्षमा ४९ मत खसेको थियो भने मुकुन्द सुवेदीले ४० मत प्राप्त गरे।

यस्तै, सचिवमा निकटतम प्रतिद्वन्द्वी यज्ञ सापकोटालाई ८ मत अन्तरले पछि पार्दै सन्तोष पौडेल निर्वाचित भए। सापकोटाका पक्षमा ४० र पौडेलका पक्षमा ४८ मत खसेको हो।

सहसचिवमा मीनप्रसाद अधिकारीलाई १८ मत अन्तरले पछि पार्दै विष्णु प्रसाद अधिकारी निर्वाचित भएका छन्। अधिकारीको पक्षमा ३५ मत खसेको थियो भने विष्णुप्रसाद अधिकारीको पक्षमा ५३ मत खसेको थियो। कोषाध्यक्षमा केशव कोइलालाई १८ मत अन्तरले पछि पार्दै शीतल थापा निर्वाचित भएका छन्। थापाले ५४ मत प्राप्त गरे।

यसैबीच, दलित सदस्यमा रावण विकले ५० मत प्राप्त गरेका छन् भने उनका  प्रतिष्पर्धी शक्ति परियारले ३१ मत प्राप्त गरेका छन्। विक १९ मत अन्तरले विजयी भए। जनजाती आदिवासी सदस्यमा हरी गुरुङले ५० मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी सौगात श्रेष्ठले २९ मत प्राप्त गरेका छन्। गुरुङ २१ मत अन्तरले विजयी भए।

अन्य सदस्यमा समावेशीतर्फ टिकाराम चौधरीले ६३ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी मनराज कठायतले २४ मत प्राप्त गरे। चौधरी ३९ मत अन्तरले विजयी भए।

सदस्य खुला अनोज थारूले ५९ मत, दीपकलाल श्रेष्ठले ५६ मत, दुर्गा आचार्यले ६२ मत, सरोज कामतले ४६ मत प्राप्त गरेर विजयी भएका छन्। प्रदेश परिषद सदस्य खुलातर्फ डोलराज सिग्देलले ६३ मत, विष्णुप्रसाद तिमिल्सेनाले ६७ मत र सञ्जय आचार्यले ५७ मत प्राप्त गरेर विजयी भएका छन्। केन्द्रीय परिषद्‌ सदस्य खुलातर्फ बद्री सिग्देलले ५४ मत र मेघराज सिग्देलले ५२ मत प्राप्त गरेर विजयी भएका छन्।

यसअघि नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालको साझा व्यवसायिक प्यानलबाट महिला उपाध्यक्ष मेनका चौधरी, मधेशी सदस्य मुरलीप्रसाद गोडिया, महिला सदस्य गोमा विष्ट र केन्द्रीय परिषद सदस्य गीता अधिकारी, प्रदेश परिषद्‌ सदस्य दिनेशकुमार यादव, ताराबहादुर सुनार र फरक प्यानलबाट प्रदेश परिषद्‌ सदस्यमा मानबहादुर चौधरी निर्विरोध निर्वाचित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.