९ करोड बढीले लगाए कोभिडविरुद्धको खोप
९ करोड बढीले लगाए कोभिडविरुद्धको खोप
भारतमा पछिल्लो २४ घण्टाभित्रै थप १ लाख २६ हजार ७ सय ८९ जनामा कोरोना पुष्टि भएको छ।
५९ हजार २ सय ८५ संक्रमण मुक्त र ६ सय ८५ जनाको मृत्यु भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
त्यहाँ अहिलेसम्म १ करोड २९ लाख २८ हजार ५ सय ७४ जनालाई कोरोना संक्रमण भइसकेको छ। १ करोड १८ लाख ५१ हजार ३ सय ९३ जना संक्रमणमुक्त भएका छन्।
अहिले भारतभर सक्रिय संक्रमित ९ लाख १० हजार ३ सय १९ जना छन्।
मन्त्रालयका अनुसार कोभिडविरुद्धको खोप कुल ९ करोड १ लाख ९८ हजार ६ सय ७३ नागरिकले लगाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।