|

'रातको समयमा सेनाका जवानहरू हाम्रो घरमा आउँछन्। हामीमाथि बलात्कार गर्छन्। अन्त्यमा हत्या गर्छन्। घटना हुनुभन्दा पहिल्यै म म्यानमारबाट भाग्न सफल भएँ। यही अवस्थामा मलाई म्यानमारमा बस्न गाह्रो भइरहेको थियो', निराश भएकी एउटी बर्मेली शरणार्थी महिलाले भनिन्।

४२ वर्षीया ती महिलाको वर्तमान र भविष्य अनिश्चित छ। किनभने उनी आफ्नो घर छोडेर शरणार्थीको रूपमा भारतको मणिपुरमा आइपुगेकी छन्।  उनी म्यानमारको तामु जिल्लाबाट शरणार्थी बन्न भारत आएकी हुन्। उनले आफ्ना बहिनी र छोरीलाई पनि सँगै ल्याएकी छन्। उनी आफूलाई र आफ्ना बच्चालाई सुरक्षित राख्‍न शरण लिनेबाहेक अरू केही गर्न सक्दिनन्। किनभने म्यानमारमा सेना जनतामाथि बर्बरताको सीमा मिच्न लागिपरिरहेको छ।

उनी भन्छिन्, 'म्यानमारमा जबदेखि हिंसा सुरु भयो, हामी घरमा बस्न डराउन थालेका थियौं। धेरैचोटि हामीहरू रातको समयमा जंगलमा लुकेका छौं।' उनी जस्ता धेरै बर्मेली जनता फेब्रुअरीको सैनिक कू पछि आफ्नो देश छोडेर अन्य देशहरूमा शरणार्थीको रूपमा बस्न परिरहेको छ। उनीहरू भारतको शरणमा आउनु नै उत्तम विकल्प हो। भारत  म्यानमारको सीमा जोडिएको छ।

धेरै महिलाहरू आफ्नो सुरक्षाका लागि भारत आएका छन्।  तर, उनीहरूका परिवारका पुरुषहरू अझै म्यानमारमा बसिरहेका छन्। अर्की महिला (मखाई) पनि छोरीसँग भागेर शरणार्थीका रूपमा भारतमा छिन्। उनले भनिन्, 'पुरुषहरूले आवश्यक परेमा लडाइँ गर्न सक्दछन्।' तर महिलाहरूलाई सेनाको पञ्जाबाट उम्कन एकदम कठिन छ। उनीहरू हामीमाथि बलात्कार पनि गर्छन्।'

यो मखाईको भारतमा शरण लिनको लागि तेस्रो प्रयासमा सम्भव भएको हो। यसअघिको दुवै प्रयासहरूमा भारतीय सुरक्षा बलले उनलाई म्यानमार फिर्ता पठाइदिएको थियो। मखाईले भनिन्, 'मलाई थाहा छ कि म यहाँ बस्न धेरै कठिन छ। मलाई डर छ, भारत सरकारको अफिसरले हामीलाई भेट्छ र हामीलाई घर फर्काउन सक्छ। तर, हामी साहसी हुनुपर्ने समय छ।'

म्यानमारको हलचलपछि मोरेहमा सबै आधिकारिक मार्गहरु भारतले बन्द गरिदिएको छ। वर्षौंदेखि भारत र म्यानमारबीच स्वतन्त्र आवागमन प्रणाली (FMR) रही आएको छ। जसले  दुवै देशका स्थानीय व्यक्तिहरू एक अर्काको सिमानामा १६ किमि सम्म जान सक्छन् र त्यहाँ १४ दिन बस्न सक्छन्।

यद्यपि, कोरोना महामारीको प्रकोपपछि एफएमआर सुविधा गत वर्ष मार्चमा बन्द गरिएको थियो। दुवै देशका जनताहरू आशावादी थिए कि यो सुविधा यस वर्ष पुनः सुरु हुनेछ। तर, फेब्रुअरीमा म्यानमारमा सैनिक कू पछि  तिनीहरूको आशा भंग भएको छ। यसको बाबजुद पनि म्यानमारका नागरिकहरू दैनिक खतरा लिएर भारत आउन छोडेका छैनन्।

​हरेक दिन म्यानमारबाट भारतमा दूध बेच्ने एक व्यापारीले भने, 'हामीलाई भारत आउन धेरै कठिनाइ भइरहेको छ। बर्मामा भएको हिंसात्मक गतिविधि पश्चात् हामीलाई प्राय: भारतीय सुरक्षा बलले रोक्छ।'

यद्यपि, बर्मेली जनता ज्यान बचाउन चोर बाटो भारत छिरिरहेका छन्। भारतमा कति बर्मेली जनताहरू शरणमा आएका छन् भन्ने तथ्यांक अहिलेसम्म सार्वजनिक भएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.