|

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमण देखिएको एक वर्षपछि फागुनमा नयाँ संक्रमितको संख्या दुई अंकमा झरेको थियो। तर, चैत महिना सुरु भएसँगै नेपालमा पुन: नयाँ संक्रमित भेटिनेको संख्या दुई अंकबाट तीन अकंमा पुगेको छ।

युके भेरिएन्ट समुदायमा पुगिसकेको र पछिल्लो समय भारतमा संक्रमण तीव्ररूपमा देखिँदा त्यसको असर नेपालमा पर्ने हुँदा दोस्रो लहरको उच्च जोखिममा रहेको भन्दै सरकारले सावधानी अपनाउन आग्रह गरिरहेको छ।

 संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले पछिल्लो समय परीक्षणको दायरा बढाउनेसमेत बताएको छ। जोखिम बढ्दै जाँदा सरकारसँग प्रयोगशाला परीक्षणको लागि आवश्यक पर्ने किट भने कम मात्रा मौज्दात रहेको बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत रहेको आपूर्ति शाखाका अनुसार हाल देशभर जम्मा ४ लाख पिसिआर किट रहेको बताइएको छ।

आपूर्ति शाखा प्रखु उपेन्द्र ढुंगानाका अनुसार हाल त्यसमा पनि हाल केन्द्रमा जम्मा दुई लाख पिसिआर किट रहेको बताए। उनले भने, ‘हाल हामीसँग ५ लाख जति पिसिआर किट छ त्यसमा यहाँ दुई लाख छ अन्य विभिन्न प्रदेशमा छ।'

यस्तै, हाल १८ हजार एन्टिजेन किट रहेको समेत उनले बताए। हाल सरकारले भारत तथा तेस्रो मुलुकबाट आएकाहरूमा एन्टिजेन परीक्षण गरिरहेको हुँदा थप दुई लाख एन्टिजेन किट खरिद गर्ने तयारी गरिएको समेत शाखाले जनाएको छ। तर, युनिसेफले छिट्टै एक लाख एन्टिजेन किट दिने जानकारी दिएको शाखाले जनाएको छ।

यता, पछिल्लो समय संक्रमण तीव्र बढ्दै गएपछि सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेण्टहरू राति ९ बजेदेखि बन्द गर्नसमेत आग्रह गरिसकेको छ। विज्ञहरूले समेत जेठ र असारसम्ममा कोरोना संक्रमण पुन: उच्च तहमा पुग्ने बताइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.