|

दाङ : मानव अधिकार तथा शान्ति समाजले आँखामा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेको छ। म्यानमारका नागरिकहरूको जीवन रक्षा, शान्ति सुरक्षा र लोकतन्त्र बहालीमा माग गर्दै दाङको तुलसीपुरको बिपी चोकमा आखाँमा कालोपट्टी बाँधेर बुधबार साँझ विरोध प्रदर्शन गरेको समाजका दाङ शाखाका सभापति तुल्सीराम सुनारले जानकारी दिए।

कार्यक्रममा  बोल्दै समाजका उपसभापति सुशील बस्नेतले म्यानमारको सेनाले देशका नागरिकहरुलाई गोली हान्न भन्दा पनि देशमो सिमाको  रक्षाको लागि हतियार प्रयोग गर्न आग्रह गरे।

उनले सत्ता संचालन गर्नको लागि त्यहाँका नागरिक,राजनितिक दललाई दिन समेत आग्रह गरे। 'कुनै पनि नागरिकहरुलाई बाच्न पाउँने अधिकारबाट कुष्ठित नगरोस्,’ उनले भने,‘हामीले म्यानमारमा भएको घटनाको विरोधमा देशब्यापी आन्दोलन गरेका छौँ। आज हामीले आँखामा कालोपट्टी बाधेर शान्ति दीप प्रज्वलन गरेका छौँ।' त्यस्तै सो अवसरमा  समाजका केन्द्रिय सचिव निर्मल नेपालीले म्यानमारका जनताको अधिकारलाई स्थापित गर्नको लागि र लोकतन्त्रको बहालीका लागि सबै नेपालीहरु एक जुट भएर अगाडी बढ्नुपर्ने बताए।

उनले भने,‘अहिले म्यानमारमा भएको जस्तो घटनाहरु नेपालमा पनि नआउला भन्न सकिदैन्। त्यसैले सबै  एक भएका अगाडी बढ्नुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.