|

धनगढी : नेपाल कम्युनिष्ट पार्टी एमाले (खनाल-नेपाल) समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज डा भीम रावलको गृहजिल्लामा एमालेनिकट प्रेस चौतारी र प्रेस सेन्टरको गठबन्धनले हार बेहोर्नुपरेको छ।

चौतारी र सेन्टरको गठबन्धनलाई हराउँदै नेपाल पत्रकार महासंघ अछाम शाखामा कांग्रेसनिकट प्रेस युनियनले विजय हासील गरेको हो।

अछाममा कांग्रेस निकट युनियन एकलरुपमा महासंघको निर्वाचनमा होमिएको थियो। विगत देखिनै प्रेस चौतारीको पक्कड मानिएको अछाममा युनियनका तर्फबाट अध्यक्षका उमेदवार रहेका खम्मसिंह खत्री विजयी भएका छन्।

दुई सदस्यबाहेक अरु सवै खत्री नेतृत्वको प्यानलै विजयी भएको हो। उपाध्यक्षमा गीता कुँवर र रमेश रावत विजयी भएका छन् भने सचिवमा पूर्णबहादुर खड्का विजयी भएका छन्।

यस्तै सहसचिवमा भवराज भण्डारी, सहसचिव समावेशीमा सरिता खड्का विजयी भएका छन् भने कोषाध्यक्षमा भवानी प्रसाद भण्डारी विजयी भएका छन्।

सदस्यमा पवित्रा खड्का, सुशील बटाल, राकेश ताम्राकार, दिनेश केसी, सुवास अधिकारी, सागर देवकोटा र तारामान खड्का विजयी भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.