|

काठमाडौं : पूर्वमन्त्री तथा नेकपा एमालेका सांसद लालबाबु पण्डितले संसदलाई बिजनेस नदिएको भनेर सरकारलाई मात्र दोष दिन नमिल्ने बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले अहिले संसदमा ६५ वटा विधेयक बाँकी भए पनि संसदले नै काम अगाडि बढाउन नसकेको आरोप लगाए।

उनले भने, 'नाम विधेयक अधिवेशन अनि अहिलेसम्म एउटा विधेयक पास गर्छ कि गर्दैन? जनताले हेरिरहेका छन्। राष्ट्रिय र संघीय संसदमा ६५ वटा विधेयक बाँकी छन्।'

सांसद पण्डितले  सवा लाख नागरिक नागरिकता पाउन कुरिरहेका तथा अहिले विभिन्न समितिले रिपोर्टसहित संसदमा विधेयक पठाइरहेका भए पनि संसदले नै विधयेकका काम अगाडि बढाउन नसकेको बताए। कतिपय माननीय सांसदहरुले सरकारले काम दिएन भनेर कुरा गरिरहेको प्रति उनले यी विधेयक पास गर्ने काम संसदको होइन? भनी प्रश्‍नसमेत गरे।

उनले सबै विषयमा  सरकारलाई मात्र गाली गर्नु र कुण्ठा पोख्‍नेबाहेक अरू केही नभएको पनि बताए। उनले सरकार र संसदबीचको तालमेल समन्वय गरी सभामुखले विधेयकसम्बन्धी काम अगाडि बढाउनुपर्नेमा पनि जोड दिए।

'यसमा सभामुखले विशेष पहल गर्नु आवश्यक छ। संसदीय व्यवस्थाप्रति प्रश्न उठ्छ भने सभामुखमाथि पनि प्रश्न उठ्छ' उनले भने ' सरकारसँग समन्वय गरेर जनताको आशा र विश्वासमा विधेयकबबारे काम गर्न सभामुखको काम हो।'

यहाँ बाधा अवरोध छैन भने किन विधेयकबारे कुनै काम भएन? भन्‍ने उनको प्रश्‍न थियो। यस्ता सबै पूर्वाग्रहको जवाफ संसदले नै दिनुपर्ने पनि उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.