|

ओखलढुंगा : नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनअन्तर्गत ओखलढुंगा शाखाको अध्यक्षमा लाक्पा जी शेर्पा निर्वाचित भएका छन्। कुल ४७ मतमध्ये शेर्पाले २७ मत प्राप्त गरे।

उनका प्रतिस्पर्धी शिवप्रसाद ढुंगानाले २० मत प्राप्त गरे। शेर्पासहित उनका समूहका उपाध्यक्षमा रविन श्रेष्ठ ३०, महिला उपाध्यक्षमा विनुमाया राई ३२, सचिवमा पूर्णप्रसाद न्यौपाने ३०, सहसचिवमा आङबाबु शेर्पा २७, समावेशी सहसचिवमा मीनाकुमारी श्रेष्ठ २८, कोषाध्यक्षमा कुलबहादुर तामाङ २८, सदस्यहरु शारदा राई ३०, शेरबहादुर जेरो ३०, सरस्वती बानियाँ २९ र नवीन धमला २७ मत प्राप्त गरेर निर्वाचित भएको  प्रमुख निर्वाचन अधिकृत मेघहरि आचार्यले जानकारी दिए।

जिल्लामा मतदान गर्न पाउने ५० मध्ये ४७ जनाले मतदान गरेको थियो। यसैगरी, केन्द्रीय परिषद् सदस्यमा जुद्धबहादुर ढाक्रे, कुम्भराज राई, प्रदेश परिषद सदस्यमा युवराज गजमेर, इमा तामाङ र जीवन शर्मा निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन समितिको कार्यालयले जनाएको छ।

महासंघको इतिहासमा पहिलोपटक केन्द्र प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि  प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचन सम्पन्न भएको हो। महासंघको कार्यालयमै मतदान केन्द्र तोकि भएको निर्वाचनमा एक जना मतदातालेले मतदाताले ८५ जनालाई मतदान गर्नुपर्ने थियो। धेरैजनालाई मतदान गर्नुपर्ने भएकाले पनि मतदान गर्न समय लागेको थियो।

नवनिर्वाचित शेर्पा यसअघि महासंघको सचिव थिए। जिल्लामा जसपानिकट प्रेस मञ्च नेपाल र एमालेनिकट प्रेस चौतारीबीच गठबन्धन भएको थियो। गठबन्धनमा केही स्वतन्त्र पत्रकारहरु पनि सामेल थिए। शेर्पाले प्रेस मञ्च नेपालकोतर्फबाट नेतृत्व गर्दै निर्वाचनमा सहभागी भएका हुन्।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.