|

पाल्पा : नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अध्यक्षमा रेखीराम राना निर्वाचित भएका छन्।

उनी ५९ मतसहित निर्वाचित भएका हुन्। राना प्रेस सेन्टर नेपाल पाल्पाका अध्यक्ष हुन्। मतदान प्रक्रियामा ९२ जना सदस्यतको मत खसेको थियो। रानाका प्रतिद्वन्द्वी कमलराज तिमिल्सेनाले २६ मत पाएका छन्। तिमिल्सेना प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुन्।

अध्यक्षका अर्का उम्मेदवार स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय महासचिवसमेत रहेका जीवलाल सुवेदीले भने ४ मत पाए।

प्रेस सेन्टर, प्रेस युनियनले संस्थागत र प्रेस चौतारीका केही नेताले रानालाई साथ दिएका थिए। केन्द्रको सहमतिअनुसार आफूहरुले सेन्टरको उम्मेदवारलाई मत हालेको प्रेस युनियनका अध्यक्ष भरत शर्माले बताए। अन्य पदका उम्मेदवारलाई भने स्वेच्छाले मत दिन भनेका उनले बताए।

यता उपाध्यक्षमा भने प्रेस युनियनका भरत शर्मा सर्वसम्मत निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा चौतारीका पवित्रा घिमिरे सर्वसम्मत भएकी छन्।

सचिवमा ४२ मतसहित चौतारीका यज्ञमूर्ति तिमिल्सेना निर्वाचित भएका छन्। चौतारीकै अर्का उम्मेदवार कृष्ण कार्कीले ४१ मत पाएका छन्। उनी एक मतको अन्तरले उपविजेता बनेका हुन्। सचिवका अर्का उम्मेदवार स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराइले ४ मत प्राप्त गरेका छन्।

सहसचिवमा ४७ मतसहित रीमा सोमै निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी नारायण न्यौपानेले ४१ मत पाएका छन्। दुवै जना चौतारीमा आवद्ध छन्। समावेशी सहसचिवमा भने कृष्ण दर्नाल सर्वसम्मत भएका छन्।

कोषाध्यक्षमा प्रेस युनियनका मुक्ति न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा कृष्ण पोखरेल, भुवन रायमाझी, दुर्गेश मल्ल, सुनिल कार्की निर्वाचित भएका छन्।

पोखरेलले सबैभन्दा बढी ७५ मत प्राप्त गरेका छन्। रायमाझीले ४८, मल्लले ४१ र कार्कीले ४० मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता जोगलाल विश्वकर्माले बताए।

उनका अनुसार समावेसीतर्फ आदिवासी जनजातितर्फका अनिल लिगल, दलिततर्फका विजय वौडेल, अल्पसंख्यकतार्फका रनबहादुर कुमाल सर्वसम्मत निर्वाचित भएका छन्। 

यता प्रदेश परिषद् सदस्यमा मिलन विश्वकर्मा र सुकुम नेपाली सर्वसम्मत निर्वाचित भएका छन्। विश्वकर्मा थाहाखबर पाल्पाका समाचारदाता हुन्। राष्ट्रिय परिषद् सदस्यमा भगवान् भण्डारी र देव पचभैया निर्वाचित भएका छन्। 

कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.