|

पर्वत : पोखरामा जारी १९ औँ संस्करणको आहा–रारा गोल्ड कपमा पाहुना टोली अफ्रिकन रुट एसोसिएसन र संकटा क्लब भिड्ने भएका छन्।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा अफ्रिकन रुटले विभागीय टोली नेपाल पुलिस क्लबलाई ०–२ गोलअन्तरले पराजित गरेर उपाधिका लागि फाइनलको यात्रा तय गरेको हो।

अफ्रिकन रुटलाई फाइनलमा पुर्‍याउन बासेक र मौस्साले एक/एक गोल गरे। खेलको पहिलो हाफको तेस्रो मिनेटमा नै बासेकले गोल गर्दै अफ्रिकन रुटलाई अग्रता दिलाएका थिए।

केही समय रुटले पुलिस क्लबलाई दबाबमा राखे पनि पुलिसले खेल सम्हाल्दै एक गोलमा नै रुटलाई नियन्त्रणमा राखेको थियो। पुलिसले गोल गर्ने मौका पाएको भए पनि त्यसलाई सफल पार्न नसक्दा सेमिफाइनलबाट बाहिरिनुपरेको हो। 

अफ्रिकन रुटका लागि खेलको इन्जुरी समयमा मौस्साले दोस्रो गोल गरेका थिए। बिहीबारको खेलमा मौस्सा नै म्यान अफ दि म्याच घोषित भएका छन्। 

आहा–रारा गोल्ड कपमा पहिलो पटक सहभागिता जनाएको अफ्रिकन रुट पहिलो पटकमै फाइनलमा पुगेको हो। अब उपाधिका लागि अफ्रिकन रुटले आगामी आउँदो शनिबार दिउँसो २ बजे संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि संकटा क्लबले विभागीय टोली एपीएफलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। प्रतियोगिताको विजेता टिमले नगद १० लाख एक हजार रुपैयाँ हात पार्नेछ। यस्तै उपविजेताले टिमले नगद पाँच लाख एक हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.