|

काठमाडौं : स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले बिरामीलाई दुर्व्यवहार गरे वा आवश्यक सहयोग नगरे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही गर्ने भएको छ।

सेवा प्रदायकबाट कुनै त्रुटि भए स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर ११३३ मा फोन गरी बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सम्पर्क गर्न अनुरोध गरेको छ।

बिहिबार जारी गरिएको सूचनामा लेखिएको छ– प्राप्त गुनासाहरू प्रति मन्त्रालयले गम्भीर रुपमा लिएर समन्वय गरी गुणस्तरीय सेवा प्रदान गर्छ। सम्बन्धित निकायहरूसँगको समन्वयमा छानबिन गरी सेवा प्रदायक व्यक्ति वा संस्था दोषी पाइएमा प्रचलित नियमानुसार आवश्यक कारबाही गरिन्छ।'

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.