|

कञ्चनपुर ः नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन्। प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी (नेपाल) समूहका तर्फबाट संयुक्त प्यानलका उम्मेदवार धामी अध्यक्षमा निर्वाचित भएका हुन्। 

प्रेस चौतारी (ओली) समूहका अध्यक्ष पदका उम्मेदवार सुरेश सिह धामीलाई ४८ मतले हराउँदै संयुक्त प्यानलका उम्मेदवार धामी अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्ष पदमा विजयी धामीले ११७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वद्वी सुरेश सिह धामीले मात्र ६९ मत ल्याए। अध्यक्ष पदका अर्का उम्मेदवार प्रेस युनियनका  शेर बहादुर सिहले २५ मत ल्याएका छन।

उपाध्यक्षमा ओली समूह चौतारीका उम्मेदवार भवानी दत्त भट्ट निर्वाचित भएका छन्। भट्टले चौतारी (नेपाल) समूहका संयुक्त प्यानलका ज्ञानेन्द्र महतलाई ३७ मतको अन्तरले हराएका छन्। भट्टले १२३ र महतले ८६ मत ल्याएका छन्।

महिला उपाध्यक्षमा संयुक्त प्यानलका हेमन्ती डगौरा(चौधरी) निर्वाचित भएकी छन्। ओली समूह चौतारीका धर्मा रोकायालाई ८८ मतको अन्तरले हराउँदै महिला उपाध्यक्षमा चौधरी निर्वाचित भएकी छन्।

सचिवमा संयुक्त प्यानलका प्रेस सेन्टरका राजेन्द्रप्रसाद अवस्थी निर्वाचित भएका छन्। उनले चौतारी (ओली समूह) का उम्मेदवार गणेशदत्त भट्टलाई ३० मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका हुन्। 

अवस्थीले ११९ र भट्टले ८९मत ल्याएका छन। सचिव खुला तर्फ चौतारी ओली समूहबाट तर्फबाट उम्मेदवार भएका मिडिया मञ्चका धुव्रराज अवस्थी निर्वाचित भएका छन। अवस्थीले धामीलाई १३ मतकोले अन्तरले हराउँदै सहसचिवमा निर्वाचित भएका हुन्। 

अवस्थीले ११३ र धामीले ९४ मत ल्याएका छन। सहसचिवतर्फ प्रेस सेन्टरका पहिलाद रानाले ८४ मतको अन्तरले चौतारी ओली समूहकी उम्मेदवार रजनी रानालाई पराजित गरेकी छन्।  

पहिलादले १४५ र रजनीले ५७ मत ल्याएकी छन। संयुक्त प्यानलका प्रेस युनियनका जयदेव जोशीले निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी (ओली समूह) का उम्मेदवार हरिशचन्द्र बागलाई ५९ मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन्। 

जोशीले १२२, बागले ६३ अर्का कोषाध्यक्षका उम्मेदवार नेकपा बैद्य निकट क्रान्तिकारीका धनन्यज अवस्थीले २६मत ल्याएका छन्। 

महिला सदस्यमा प्रेस सेन्टरकी उम्मेदवार रिना अधिकारीले १३४ मत ल्याई विजयी भएकी छिन्। चौतारी (ओली समूह) की उम्मेदवार लक्ष्मी सेठीले ६३ मत ल्याएकी छन्।

संयुक्त प्यानलका प्रेस सेन्टर नेपालका कृष्ण बहादुर दमाईले चौतारी ओली समूहका उम्मेदवार विमल कुमार विकलाई ७० मतको अन्तरले हराउँदै दलित सदस्यमा निर्वाचित भएका छन्। दमाईले १३२ मत र विकले ६२ मत प्राप्त गरे।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.