|

काठमाडौं : डिजिटल माध्यमबाट अन्तरदेशीय रेमिट्यान्स कारोबार गर्ने वर्ल्ड रेमिट र ईसेवा मनी ट्रान्सफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै विश्वभर रहेका वर्ल्ड रेमिटका ग्राहकले आफ्ना परिवार, आफन्तजन तथा साथीभाइलाई रियल टाइममै ईसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन्।

वर्ल्ड रेमिट अन्तरदेशीय डिजिटल रेमिट्यान्स कारोबार गर्ने संस्था हो। सम्झौतापछि वर्ल्ड रेमिटका साउथ एसिया कन्ट्री निर्देशक रूजान अहम्मदले भने‚ ‘नेपालले आफ्ना जनताका लागि तीब्र रुपमा डिजिटल रुपमा सेवा उपलब्ध गराइरहेको छ भने नेपाली जनताले पनि परिवर्तनलाई आत्मसाथ गरेको देखिरहेका छौँ। वर्ल्ड रेमिट यी घटनाक्रमलाई निरन्तरता दिन प्रतिवद्ध छ र त्यसका लागि हामीले ईसेवा मनि ट्रान्सफरसँग सहकार्य गर्न पाउँदा अझै गौरवान्वित भएका छौं।’

यसै गरी वर्ल्ड रेमिटमार्फत नयाँ ग्राहक बनेर प्रमोकोड प्रयोग गरी पहिलो पटक इसेवा खातामा रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने भएको छ। डिजिटल रेमिट्यान्स प्रवर्दन गर्ने उद्देश्यले वर्ल्ड रेमिट र इसेवा मनी ट्रान्सफरले निःशुल्क रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको हो। यो योजना २०२१ जुन ३० सम्म लागु हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.