|

काठमाडौं : ४० हजार घुससहित एकजना प्रहरी जवानलाई पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीस्थित ईलाका प्रहरी कार्यालय, सितागञ्जका प्रहरी जवान कासिन्दर यादवलाई घुससहित पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने भन्दै घुस लिएका उनलाई विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेजको गेट नजिकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.