|

काठमाडौं : भारतमा कोरोनाको संक्रमण दर बढेको बढ्यै छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ७८० जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ६७ हजार ६४२ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ३१ हजार ९६८ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड ३० लाख ६० हजार ५४२ पुगेको छ।

अहिलेसम्म एक करोड १९ लाख १३ हजार २९२ जना संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ६१ हजार ८९९ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ।

त्यस्तै‚ देशभर ९ लाख ७९ हजार ६०८ कोरोनाका सक्रिय संक्रमित छन्। अहिलेसम्म कुल २५ करोड ४० लाख ४१ हजार ५९४  नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा भारतमा १३ लाख ६४ हजार २०५ नमुना परिक्षण गरिएको छ। भारतमा अहिलेसम्म कुल ९ करोड ४३ लाख ३४ हजार २६२ जनाले कोरोनाको खोप लगाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.