|

जुम्ला : नेपाल पत्रकार महासंघ जुम्लामा नेत्रबहादुर शाही नेतृत्वको प्यानल विजयी भएको छ। शाहीले लक्ष्मीप्रसाद देवकोटा (एलपी)लाई १३ मतान्तरले पराजित गरेका हुन्। शाहीले ५६ मत र देवकोटाले ४३ मत प्राप्त गरेका थिए।

संघको उपाध्यक्षमा भरतबहादुर बोहोरा ६२ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी रामबहादुर नेपालीले ३६ मत प्राप्त गरेका छन्। महिला उपाध्यक्षमा ५४ मत प्राप्त गर्दै दिलमाया शाही विजयी हुँदा उनकी प्रतिद्वन्द्वी गीता शाही ४४ मत प्राप्त गरेकी छन्।

यस्तै‚ सचिवमा मानदत्त रावल‚ कोषाध्यक्ष धनलाल बस्नेत‚ सहसचिव सागर परियार (खुल्लातर्फ) सहसचिव (समावेशी)मा रतन वड विजयी भएका छन्।

संघको सदस्यमा अध्यक्ष शाहीको प्यानल नै निर्वाचित भएका छन्। विजयी हुनेमा उमेश बुढा‚ गोल्डेन बुढा, कल्पना रावत, कृष्णबहादुर शाही, दत्तबहादुर बुढा, रामप्रकाश वि.क., विजकली महतारा, सूर्यबहादुर अधिकारी र हस्तनाथ योगी रहेका छन्। दलित महिला सदस्यतर्फ शिवानी वि.क. र जनजाति सदस्यतर्फ हिना श्रेष्ठ  निर्विरोध भएका थिए। 

प्रदेश परिषद् सदस्यहरुमा किरण धिताल, तुलाराम रावत, देवीप्रसाद पाण्डे र धनबहादुर बुढा, शिवा शाही र शुरबहादुर सिंह विजयी भएका
छन्। यस्तै‚ प्रदेश परिषद् सदस्यमा साङ्मु लामा र केन्द्रीय परिषद् सदस्यमा इन्दिरा थारु निर्विरोध निर्वाचिन भएका थिए। 

राष्ट्रिय परिषद् सदस्यमा नरेन्द्रनाथ योगी र विजय रावत विजयी भएका छन्।

नेपाल पत्रकार महासंघ जुम्लाका कुल १०४ मतदातामध्ये ९९ जना पाँचजना मतदान प्रक्रियमा उपस्थित भएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.