|

काठमाडाैं : सहरी विकास मन्त्री प्रभु साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अनैतिक र अनुचित कार्य गरेका बताएका छन्।

शुक्रबार एक अन्तर्वार्तामार्फत मन्त्री साहले प्रचण्डसँग थोरै पनि नैतिकता बाँकी नरहेको टिप्पणी गरे। साझा घोषणा पत्र र संयुक्त मतबाट निर्वाचित सांसदलाई एउटा पार्टीको अनुशासनको कारबाही गर्ने प्रचण्डको कदमले अनैतिकताको पराकाष्ठा भएको बताए। मन्त्री साहले प्रचण्डसामु नैतिकताको विभिन्न प्रश्न तेर्‍स्याएर जवाफ मागे। ​

'नेकपा एमालेसँग साझा घोषणापत्र र संयुक्त मतबाट चुनाव जित्ने र एउटा पार्टीको अनुशासनको कुरा गर्ने? आफैंले पार्टी एकता गर्ने र अरुलाई दल त्यागको आरोप लगाउने ?, एकातिर सरकारलाई समर्थन गरिराख्ने र अर्कोतिर सरकारको राजीनामा माग्ने?' मन्त्री साहले सोधे, 'नेकपा अध्यक्षको हैसियतमा अदालत धाइराख्ने र माओवादी केन्द्रको अध्यक्षको रुपमा स्पष्टीकरणको पत्र काट्ने? आफूले बनाउँदै नबनाएको मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिने? दल त्यागको कानुन व्यक्तिपिच्छे फरक–फरक हुने?'

प्रचण्डलाई प्रश्नै प्रश्नको घेरामा राखेका मन्त्री साहले नैतिकता नजोगाए इतिहासले प्रचण्डलाई धिकार्ने बताए। जनताबाट निर्वाचित सांसदलाई पदबाट हटाउने प्रचण्डको कदम अनैतिक, अनुचित तथा गलत भएकोले स्वीकार्न नसकिने बताउँदै मन्त्री साहले कानुनी, राजनीतिक र जनस्तरमाबाट प्रतिवाद हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.