|

काठमाडौं :  मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ जोरपाटी बस्ने झापा कन्काई नगरपालिका-५ घर भएका ३८ वर्षीय राजन भन्ने जगतबहादुर राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।    

उच्च अदालत पाटनको २०७६ चैत २ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट पक्राउ गरेको हो।

जगत बहादुर समेतले खाडी मुलुक ओमानमा घरेलु कामदारको रुपमा रोजगारी दिलाउने प्रलोभनमा पारी विना श्रम स्वीकृती गैह्रकानुनी तरिकाले २०७३ फागुन १३ मा पीडितबाट ३ लाख ५० हजार रकम लिई भिजिट भिसामा यूएईको दुबई पठाएकोमा पीडितको आफन्तले ओमानको सिमावर्ती क्षेत्रमा पीडितलाई बन्धक बनाई शारीरिक, मानसिक र आर्थिक यातना दिई शोषण गरिराखेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र दुबईस्थित नेपाली राजदुतावास समेतको सहयोग र सहकार्यमा  पीडितलाई उद्दार गरिएको थियो।

उनलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजारमा पठाईएको उक्त व्यूरोले जनाएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.