|

विराटनगर : नेकपा माओवादी केन्द्र त्यागेर प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका टङ्क आङ्बुहाङलाई पुनः मन्त्रीमा नियुक्त गरिएको छ।

६ महिनाका लागि मुख्यमन्त्री शेरधन राईले दोस्रो पटक मन्त्रीमा नियुक्त गरेका हुन। दल त्याग गरेर मन्त्री बनेका आङबुहाङको सांसद पद बिहीबार रिक्त भएको थियो। सांसद पद नभएका व्यक्तिलाई ६ महिनाका लागि मन्त्री बनाउन सक्ने प्रावधान छ।

पुनः नियुक्ति पाएका आङबुहाङलाई शुक्रबार साँझ साढे ५ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथग्रहण गराउने तयारी भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.