|

विराटनगर : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले मोरङमा समानान्तर जिल्ला र विराटनगर महानगर कमिटी गठन गरेको छ।

शुक्रबार विराटनगरस्थित मारवाडी सदन सेवामा आयोजित भेलामा नेपाल समूहले चन्द्रवीर राईको नेतृत्वमा ३ सय २५ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरिएको छ।

कमिटीको उपाध्यक्षमा चण्डीप्रसाद राई र डा. उद्धव पोखरेल छन्। भने सचिवमा राजन केसी, उपसचिवमा ओसिम आलम, निलम ढुंगेल र आर्थिक प्रमुखमा विश्वनाथ राई छन्।

त्यसैगरी पारुल क्षत्रीको अध्यक्षतामा १ सय ७५ सदस्यीय समानान्तर विराटनगर महानगर कमिटी गठन गरिएको छ। नेकपा एमालेका महानगर कमिटी अध्यक्ष सागर थापा छन्, महानगर कमिटी उपाध्यक्ष खेम तिम्सिना, सचिव किरण दाहाल, उपसचिव योगेशराज भण्डारी छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अदालतको निर्णयपछि एमाले पुनः ब्युँताउन आफूहरू पर्खेर बसेको बताए। ओलीले आफूसँग भएको कमिटीलाई भष्म पारिदिएका हुनाले उनी भष्मासुर भएको समेत नेपालले आरोप लगाए।

‘अदालतको निर्णयपछि हामी एमाले र माओवादी दुइ भयौँ। त्यति समय केपी ओली र हामी एकै ठाउँमा हुनुपर्थ्यो’, उनले भने, ‘हामी फेरि एमाले ब्युँताउन पर्खेर बस्यौँ। तर उहाँले हामीलाई बोलाउनुभएन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.